शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक


  • मंगलबार, कार्तिक २३ २०७८
13.2K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साढे ११ बजेदेखि जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

नेताहरुका अनुसार पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ । सो पार्टीले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसअघि पार्टी संगठनलाई व्यवस्थित बनाउने प्रयासमा रहेको माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म सदस्यता अद्यावधिक गर्ने टाइमलाइन तोकेको छ । यसैबीच सोमबार मात्रै सत्तारुढ दलले गठन गर्ने भनेर गरिएको राजनीतिक संयन्त्रका बारेमा समेत बैठकमा छलफल हुनेछ ।

सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने तथा राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्नेगरी सत्तारुढ दलले संयन्त्र गठन गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा