शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन !


  • मंगलबार, कार्तिक २३ २०७८
7.4K
SHARES

फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।

प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बार आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश राणाले कुनै पनि कष्टमा राजीनामा दिनु पर्ने आन्दोलनरत पक्षको माग रहेको छ । यसै बिचमा प्रधानन्यायाधीश राणाको पक्षमा समेत आन्दोलन भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा