शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

‘बार्सिलोनामा जाभीको जागिर बढीमा ३ महिनासम्म’


  • मंगलबार, कार्तिक २३ २०७८
8.9K
SHARES

फाइल तस्विर

स्पेनिस क्लब बार्सिलोनाले सिजन ठीकठाक अघि नबढेपछि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई अघिल्लो साता बर्खास्त गरिदियो । यसै सिजन ला लिगामा बढुवा भएको नयाँ टोली रायो भालेकानोसँग अवे मैदानमा १–० ले पराजित भएपछि कोम्यानको पद बाँकी रहेन । खेल हारेको ३ घन्टा पनि नभई उनी बर्खास्तीमा परे । उनी हटेपछि टिम ‘बी’का प्रशिक्षक सर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको भूमिका दिइयो । उनले खेलाएका ३ खेलमध्ये बार्सिलोनाले एक खेल जितेर २ खेल बराबरीमा चित्त बुझायो ।

बार्सिलोनाले नयाँ प्रशिक्षकमा क्लबका पूर्वखेलाडी तथा पूर्वकप्तान समेत रहका जाभी हर्नान्डेजलाई नियुक्त गरेको छ ।क्लबका लिजेन्ज खेलाडी समेत रहेका जाभी नयाँ प्रशिक्षक बनेपछि अब कठिन अवस्थामा रहेको बार्सिलोना कसरी सम्हालिन्छ र कसरी अघि बढ्छ भन्नेमा धेरैको चासो छ । ४१ वर्षका जाभी यसअघि कतारी क्लब अल सदाको प्रशिक्षक थिए ।

स्पेनिस कोच जाभीसँग ठूला टोलीलाई प्रशिक्षण गरेको र ठूलो प्रतियोगितामा टोली सम्हालेको अनुभव छैन । उनी कतारको क्लबमा ३ वर्ष प्रशिक्षक भएपछि बार्सिलोना सम्हाल्न पुगेका छन् । उनको भविष्य बार्सिलोनामा कस्तो होला रु उनले कसरी टोलीलाई अघि बढलाउन् रु बार्सिलोनाभित्रका समस्या कसरी समाधान हालान् भन्नेमा धेरैको चासो छ । क्लबका अध्यक्ष जोन लापोर्टा स्वयं भने जाभीको नियुक्तसँगै निकै उत्साहित छन् ।

तर, क्लबका लिजेन्ड खेलाडी ब्राजिलियन रिभाल्डोले भने बार्सिलोनाका जाभीले लामो समय काम गर्न नसक्ने दाबी गरेका छन् । स्पेनको पत्रिका ‘मुन्डो डेपोर्टिभो’सँग कुरा गर्दै जाभी गलत समयमा बार्सिलोनाको प्रशिक्षक बनेको बताएका छन् । ‘जाभीप्रति मेरो सम्मान छ, जो क्लबका लिजेन्ड खेलाडी हुन् । उनी ढिलो–चाँडो बार्सिलोनाको प्रशिक्षक बन्ने व्यक्ति नै हुन् । तर, यो समय भने उनका लागि गलत समय हो,’ रिभाल्डोले भने, ‘मलाई लाग्दैन कि, अहिलेको स्थिति उनले सम्हाल्न सक्छन् । र, टिमलाई एक स्तरमा उठाउन सक्छन् ।’

रभाल्डोले बार्सिलोनामा यतिबेला नम्बर १ भन्दा पनि अनुभवी प्रशिक्षकको आवश्यकता रहेको बताएका छन् । ‘पेप, क्लोप, जिदान सबै जना एकैपटक बार्सिलोनाको प्रशिक्षक बने पनि अहिलेको बार्सिलोनाले केही पार लाउँदैन । किनभने, त्यहाँ मुख्य समस्या प्रशिक्षकमा हैन, खेलाडीमा छ,’ रिभाल्डोले भने, ‘जाभीबाट धेरैले ठूलो अपेक्षा गरेका होलान् । तर, मेरो विचारमा ३ महिनापछि उनीमाथि पनि प्रश्न उठ्न थाल्नेछन्, उनलाई चाँडै बार्सिलोनाको प्रशिक्षक बनेकोमा पछुतो लाग्न थाल्नेछ ।’

जाभीलाई बार्सिलोनामा काम गर्न धेरै कठिन पर्ने रिभाल्डोले बताएका छन् । ‘जाभीलाई बार्सिलोनामा काम गर्न धेरै कुराले सजिलो हुनेछैन । उनी पूर्वखेलाडी हुन् । आज पनि त्यहाँ थुप्रै खेलाडी उनका पूर्वसहकर्मीहरू छन् । ती खेलाडीका विषयमा निर्णय लिन उनलाई कठिन हुनेछ । यसले ड्रेसिङ रुममा विभेद सिर्जना गर्न सक्छ । टिमको सन्तुलन थप बिग्रन सक्छ,’ रिभाल्डोले भने, ‘कतिपयलाई यो केही होइन भन्ने लाग्ला तर यो ठूलो कुरा हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा