नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सुदूरपश्चि प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । एमाले सुदूरपश्चिम कमिटीको बैठक आज मंगलबार बोलाइएको छ ।
आज बैठक बोलाइएको बारे उपाध्क्ष रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन -अपानी_ विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै झापामा लागू हुने अन्तर पार्टी निर्देशन सूदूरपश्चिमा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका छन् । ‘अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’ उनले लेखेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।