आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

सुस्ताबाट आयो राष्ट्रवादी नेपालीका लागि अत्यन्तै दुःखद खबर


  • मंगलबार, कार्तिक २३ २०७८
8.6K
SHARES

फाइल तस्विर

नवलपरासी – पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसविले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् ।

नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसविको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताए ।

भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेर नेपाल तर्फको सुस्ताको भूभाग फित्ताले नापजाँच गरेको र नेपाली भूमिबाट भारतीय सुरक्षा फौजले ड्रोन समेत उडाएको सुस्ताका स्थानीयवासी कैलन हरिजनले बताए ।

करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दुरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए । यो घटनाको जानकारी स्थानीयवासीले सुस्तास्थित सुरक्षा पोष्टमा गराइएको थियो ।

स्थानीयवासीले तत्काल नेपाली सुरक्षा कर्मीलाई सूचना गरेपछि माथिल्लो निकायमा सूचना दिने भन्दै अलमल गरेर पछि त्यहाँ पुग्दा भारतीय एसएसवी त्यहाँबाट गैसकेको थिए ।

स्थानीयवासीले भारतीय एसएसवी नेपाली भूमिमा पसेको खबर पाएको भए पनि आधिकारिक रुपमा पुष्टि हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

यसबारेमा थप बुझ्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा कर्मीको टोली घटनास्थलतर्फ हिँडेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र्र कुमार मिश्रले बताए ।

गत वर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भूभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेकोमा अहिले नापजाँच गर्ने फित्ता (स्केल) र रजिस्टार बुक लिएर सुस्तामा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

नेपाली पक्षले भने प्रभावकारी तरिकाले प्रतिवाद नगरेको भन्दै केही स्थानियवासीले दुःख व्यक्त गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा