निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले विगत केही समय अगाडि प्रतिबन्ध फुकुवा गरिएका नेकपाका महासचिव नेत्रविक्रम चन्दको बुझाइमा मुलुक प्रचण्ड र बाबुरामकै कारण सङ्कटतिर धकेलिएको हो । प्रचण्ड र बाबुरामले जनयुद्धलाई गलत तरिकाले व्याख्या गरेका कारण धोका हुन पुगेको उनको पार्टीको बुझाई छ ।
विभिन्न सार्बजानिक समारोहमा विप्लवले प्रचण्ड र बाबुराम हरू गलत बाटोमा हिँडेकै कारण मूलकले गति सही तरिकाले लिन नसकेको बताउँदै आएका छन् । प्रचण्ड–बाबुरामले जनयुद्धका एजेन्डा छाडेकाले मुलुक राजनीतिक जटिलतामा फसेको उनले बताउँदै आएका छन् ।
जनयुद्धलाई प्रचण्ड र बाबुरामले गलत तरिकाले अन्त्य गरेका कारण आजको समस्या आएको हो भन्नेमा विप्लव नेतृत्वको पार्टी पुगेको छ । स्वयम माहासचिब विप्लव विभिन्न कार्यक्रममा भन्ने गर्छन् प्रचण्ड बाबुराम हरुले देश, जनता र क्रान्तिलाई धोका दिनुभयो ।’ गलत बाटोमा हिँडेका कारण प्रचण्ड पूर्वमाओवादी केन्द्र र भट्टराई मधेसवादी दलको मात्र नेतामा खुम्चिन पुगेको तर्क विप्लव राख्ने गर्छन् ।
विप्लव माओवादीको दाबी छ , आफूहरू सही तरिकाले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर देश र जनतालाई धोका नदिने लाइनमा छौ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।