वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशले पेसी तोक्दा गोलाप्रथा नगरेको आरोप लगाएका छन् । उनले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिनकै लागि गोलाप्रथालाई नजरअन्दाज गरेको आरोप लगाए ।
आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरूसँग भएको भनिएको सहमति विपरित भएको बताइएको छ ।
यही क्रममा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनका क्रममा त्रिपाठीले प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा सेटिङ भन्ने शब्दलाई संस्थागत गरेको आरोप लगाए । सोहीअनुसार उनले पेसी तोक्ने क्रममा गोलाप्रथा नगरेको आरोप लगाए ।
वर्तमान प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो । त्यहीकारण उहाँले गोलाप्रथा गर्न चाहनुभएन’, त्रिपाठीले भने। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन् । कालो ब्यानरसहित प्रदर्शन गरेका उनीहरुले सर्वोच्च अघि धर्ना समेत दिने कार्यक्रम छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।