बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशविरुद्ध षडयन्त्र रच्न विदेशीले डलरको खोलो बगाएको खुलासा


  • सोमबार, कार्तिक २२ २०७८
7.6K
SHARES

फाईल तस्बिर

गएको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र रचेको बताउदै षड्यन्त्र गर्न बिदेशीले सहयोग गरेको समेत खुलासा गरेको छ ।

महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र गरेको बताईन।

यस्तै उनले प्रधानन्यायाधीश जबराविरुद्ध देशभरि रहेका ९० वटा बार ईकाईले आन्दोलन गर्ने भनिएको सुनाउँदै ती बार ईकाईको खर्च विदेशीले व्यहोर्ने कुरा भएको आफुले गोप्य सुत्रबाट पत्ता लगाएको बताइन ।

उनले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । उनले भनिन्,‘बेञ्च बहिष्कार गर्ने ती नयायाधीशहरु होईनन्, गद्दार हुन् । उहाँहरुले प्रधानन्यायाधीशलाई विवादस्पद भन्नुभयो, कसरी हुनुभयो प्रधानन्यायाधीश विवादित रु त्यसको प्रमाण दिनुपर्छ ।’ उनले बारका पदाधिकारीलाई जनावर भन्ने शब्द समेत प्रयोग गरिन् । उनले मानहानी भएपनि आफूले त्यसको जिम्मा लिने बताईन् ।

यस्तै उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिईन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा