विवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेला बेलामा ओलीको पूर्व राजा सँग सम्बन्ध रहेको बताउने गर्छन् ।
त्यति मात्र हैन ओली राजा बादी रहेको सार्बजनिक रूपमै भन्ने गर्छन् । एमालेबाट फुटेर बनेको समाजवादीका अध्यक्ष माधव नेपाल पनि ओलीलाई गणतन्त्रलाई मास्न खोजेको आरोप लगाउने गरेका छन् ।
तर एमाले अध्यक्ष ओली भने प्रचण्डका अभिव्यक्ति झुटा र जनतालाई भड्काऊ गर्ने मनसायबाट ओतप्रोत भएको बताउने गर्छन् । ओलीको कुनै पनि सर्बजनिक भाषणमा राजा बादी भएको छनक पाइँदैन ।
गणतन्त्रका लागी लडेको बताउने ओली राजा सँग र राजतन्त्र आउनु पर्छ भन्ने कुरा सोच्न सम्म नसक्ने बताउने गर्छन् । तर ओलीलाइ प्रचण्डले पटक पटक राजाका मान्छे सँग भेटेको र ओलीले गणतन्त्र नै नचाहेको दाबी पेस गर्छन् ।
बिगतम ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वमा भएको माओवादी केन्द्र एक भएर बनेको नेकपा अस्तित्वमा रहेको बेला ओली र प्रचण्डको सम्बन्ध सुमधुर देखिन्थ्यो तर अहिले दुवै नेता दुई ध्रुवमा बाँडिएर विभिन्न आरोप प्रत्यारोपमा उत्रने गरेका छन् ।
एमाले बाट अलग भएर बनेको नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल खुलेरै ओलीले गणतन्त्रमा धावा बोलेको बताउँछन् । समाजवादी दलका नेताहरू ओली तानासाही रहेको त्यसैले नयाँ दल खोलेर अलग हुनु परेको उनीहरूको भनाइ छ । समाजवादी पार्टीका नेताहरूका अनुसार आगामी चुनाव सम्ममा ओलीको पार्टी खुम्चिने बुझाइ उनीहरूको पाइन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।