शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

राजेन्द्र राई एक्सनमा, ओलीका मान्छेले ३ वर्षमा गर्न नसकेको प्रदेशको नामाकरण गरेर छाड्ने !


  • आइतबार, कार्तिक २१ २०७८
9.3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका मुुख्यमन्त्रीहरुले ३ वर्षमा गर्न नसकेको काम माधव नेपालको एसबाट मुख्यमन्त्री बनेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनमै गर्ने भन्दै एक्सनमा उत्रिएका छन् ।

विगत ३ वर्षमा प्रदेश नम्बर एकमा एमालेका ओलीनिकट मुख्यमन्त्री हरू भए पनि प्रदेशको नामा दिन नसकिरहेको अवस्थामा राजेन्द्र राईले चाडै नामकरण गर्ने बताएका छन् । गृह जिल्ला भोजपुर जाने क्रममा हिजो उनले सो कुरा बताएका हुन्  ।

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको पहिचान र बहुपहिचानका आधारमा सहमतिबाट जुराउने बताएका हुन्।

प्रदेशको नामकरणका लागि पहिचान बोकेका कोशी, कोशी किराँत, किराँत, लिम्बुवान र सगरमाथा आदि नामबारे चर्चा चलेको छ।

प्रदेशको नाम कोशी, किराँत वा सगरमाथासँग जोडेर राखिने उनले बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा