शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसी पारित गर्ने बारे देउवाले भने जस्तो आफूले पत्र लेखेकै छैन : प्रचण्ड

सत्ता गठबन्धनमा तरङ्ग, एमसीसी पास गर्छु भन्ने पत्र नलेखेको प्रचण्डको दाबी 


  • शनिबार, कार्तिक २० २०७८
12K
SHARES

फाईल तस्बिर

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयमा सत्ता गठबन्धनमा तरङ्ग सिर्जना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बारे प्रचण्ड र आफूले पास गर्छौ भनेर हस्ताक्षर गरेर पठाएको अभिव्यक्ति दिएपछि तरङ्ग सिर्जना भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने भनेर आफूहरुले पत्र नपठाएको बताएका छन् ।

प्रधानमन्त्री शेबहादुर देउवाले बिहीबार एमसीसी पारित गर्न प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाइसकेको बताएका थिए । देउवाको यो भनाइपछि सत्ता गठबन्धनमा तरंग आएको थियो ।

शुक्रबार प्रचण्डले देउवाले भने जस्तो आफूहरुले पारित गर्ने भनी पत्र नलेखेको दाबी गरे । पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय सहमति नभई पारित गर्न नसकिने भएकाले समय मागेर पत्र पठाइएको प्रष्टीकरण दिए । उनले पत्रमा पारित गर्न कहाँ समस्या छन् ती समाधान गरेरमात्र अगाडि बढ्ने उल्लेख गरिएको बताएका छन् ।

प्रचण्डले एमसीसीमा हस्ताक्षर गर्दा संसदबाट अनुमोदन गर्ने सर्त नरहेको तर अहिले थपिँदा समस्या भएको बताए ।

उनले अमेरिकाले अनुदान दिने र नेपालले लिने स्वभाविक भएकाले सम्झौतामा हस्ताक्षर भएको बताए । तर, अहिले संसदबाट अनुमोदन गरेर ऐनको हैसियत दिन खोजिएपछि रहस्य के हो ? भन्ने परेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा