शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

झलनाथ खनाललाई चिठ्ठा पर्यो, भारतलाई झट्का


  • बिहिबार, कार्तिक १८ २०७८
9.5K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले विभिन्न विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ । जिम्मेवारी हेरफेर गर्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई चिठ्ठा परेको छ ।

 

सो पार्टीले खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । भारत विरोधी खनाललाई विदेश विभागको जिम्मेवारी दिएपछि भारत झस्किएको छ ।

 

खनाल सदाबहार भारत विरोधी नेताका रुपमा चिनिन्छन् । प्रधानमन्त्री भएको बेलामा पनि खनाल कार्यकाल भर भारत भ्रमणमा समेत गएका थिएनन् ।

 

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

 

जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।

 

एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ ।

 

उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।

 

शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ । पार्टीमा अरु नेताहरुको जिम्मेवारी यथावत राखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा