काठमाडौँ – नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज निकै खुशी भएका छन् । नेपाली कांग्रेसका दोश्रो तहका नेताहरुले गठबन्धन गरेर चुनावमा जान नहुने बताइरहेका बेलामा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई खुशी दिएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै अनवरत कायम रहने सङ्केत दिएसँगै प्रचण्डको खुशीको पारामिटर बढेको हो ।
आगामी चुनावमा माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा समेत काँग्रेसीहरूले मत खसाल्नु पर्ने सम्भावना बढेर गएको हो ।
बिभिन्न ठाउँमा नेपाली कांग्रेस पार्टी समर्थकहरूले कुनै पनि कष्टमा आगामी चुनावमा प्रचण्डको पार्टीसँग तालमेल गरेर भोट हालिँदैन, प्रचण्डबाट धोका पाएकाले अब गाउँ गाउँबाट लखेटिन्छ भनिरहेका बेला कांग्रेस सभापतिले गठबन्धन चुनाबसम्मै जाने बताएका हुन ।
गठबन्धन चुनाब सम्म गएको खण्डमा तालमेल गर्दा कांग्रेसीहरुले पनि हसिया हतौडामा भोट हाल्नु पर्ने अबस्था आउने छ ।
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।
यसैबीच पत्तासाफ हुने डरले थरथर कापिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गठबन्धन बनाएर चुनाव लड्ने सपना पनि देउवाको भनाईपछि पूरा हुन देखिएको छ ।