नेपाली काँग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी पास गर्नु पर्ने बताएका छन् ।
कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले एयरपोर्ट आए लगत्तै एमसीसी पास हुनु पर्ने बताएका हुन् ।
आफ्नो बिदेश भ्रमणमा एमसीसीका व्यक्तिहरू सँग पनि भेट भएको बताएका देउवाले आफू एमसीसीको पक्षमा रहेको बताएका हुन ।
सत्ता गठबन्धनमा सहमतिबाटै एमसीसी पास गराउने र अन्य कुरो पत्रकार सम्मेलन गरेरै जानकारी गराउने भनेका हुन ।
भ्रमण सकेर नेपाल फर्किएका देउवाले सुरुमै पत्रकारहरूलाई भ्रमणको विषयमा मात्रै प्रश्नहरू गर्न आग्रह गरेका थिए । उनले बर्तमान सत्ता गठबन्धन चुनाव सम्मै जाने समेत बताएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।