नेपाल बिद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले अर्को राम्रो कामको सुरु गरेका छन् । लोडसेडिङ बाट आजित भएको मुलुकमा बिजुली दिएर चर्चामा आएका घिसिङले भारतलाई बिजुली बेचेर अर्को सफलता हात पारेका छन् ।
नेपालले भारतमा विद्युत निर्यात सुरु गरे सँगै पहिलो चरणमा ३९ मेगावाट विद्युत् निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताएका छन् ।
आज १२ बजे रातिदेखि ढल्केबर(मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको हो।
‘हामी विस्तारै निर्यात बढाउँदै लैजान्छौं। क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट पनि भारतीय बजारमा बिजुली पठाउने तयारी गरेको स्रोतले बताएको छ ।
नेपालले भर्खरै भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाइसकेको छ। भारतीय बजारमा विद्युत निर्यात सुरु भएपछि नेपालमा जलविद्युत विकासमा फड्को मार्ने प्राधिरणको विश्वास छ।
अब प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत् बिक्री हुनेछ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।