बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

गगन थापाले आउने चुनावमा ओली एन्ड कम्पनीको पार्टीलाई कुचो लगाएर बढार्छु भनेपछि ओली तनावमा !


  • बुधबार, कार्तिक १७ २०७८
6.7K
SHARES

फाइल तस्विर

सत्तारूढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचो लाएर बढार्ने अभिव्यक्ति दिएका छन् । उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए।

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा हराउनुपर्ने बताए।

‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने।

विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको थापाले बताए। नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन केही समयअगाडि चेतावनी नै दिएका थिए।

सिङ्गल-सिङ्गल लड्ने भनेको होइन? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ उनले भने।

उनले कांग्रेसले अहिले सरकारको नेतृत्व लिएको र जिम्मेवारी पूरा गरिने बताए।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई आफूले दुई पटक भेटेर सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी गराएको र नराम्रा काम नगर्न आग्रह गरेको पनि थापाले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा