शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हामीसँगै चिज छन् तर बेच्न नजानेर गरीब छौं : मुख्यमन्त्री पाण्डे


  • बुधबार, कार्तिक १७ २०७८
7.7K
SHARES

फाइल तस्विर

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन् । ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै उनले नेपालमै आयआर्जनको स्रोत रहेको बताए ।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरीब भएका छौं । विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी आगो हातमा लिएर उज्यालो खोज्न विदेश हिँड्या छौं ।’

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बन्न दिन नहुने पनि बताए । जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने उनको भनाइ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा