शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सर्वसाधारणको बुझाई : नेपालका सबै नेता कुनै न कुनै रूपले भारतको अधीनमा चल्छन्


  • बुधबार, कार्तिक १७ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेपाल र भारतको सम्बन्ध रोटी बेटीको सम्बन्ध भनेर भन्ने गरिन्छ । खुला सिमाना र सिमाना पारी र सिमाना वारी बिवाहा-बारी बर्सौँ देखि चल्दै आएको छ । तर भरतले नेपालको भूमि मिच्ने र सिमानामा सधैँ दादागिरी देखाउने गरेका समाचार बाहिरिई रहन्छन् ।

राजनीतिका जानकारका अनुसार नेपालमा भारतले कहिल्यै स्थिरता चाहँदैन । नेपाल र नेपालीलाई हेपाहा प्रवृत्ति देखाउने जानकारहरू बताउने गर्छन् ।
भारतले सधैँ नेपाली राजनीतिमा पकड जमाउने र नेपालका नेताहरू पनि कुनै न कुनै रूपले भारत परस्त हुने आम सर्वसाधारणको बुझाइ छ । हरेक राजनीतिक घटनाक्रममा भरतको दबदबा नेपालमा हुने गरेको राजनीतिका जानकारहरू खुल्लमखुल्ला रूपमा बत्ताउँछन् ।

नेपालका हरेक राजनीतिक घटनाक्रममा भारतीय नेताहरूको प्रभाव पाइने गरेको बत्ताइन्छ र नेपालका हरेक नेताहरू मन्त्री प्रधानमन्त्री बन्नका लागी समेत भारतको चलखेल हुने गरेको बुझाई छ ।

एक किसिमले भन्नु पर्दा नेपालमा भारतीय दबदबा रहेको बुझ्न सकिन्छ । नेपाल सर्बभौम राष्ट्र हो । कसैको दबाब र प्रभावले चल्न नहुने हो तर यहाँ नेताहरूलाई लोभ र प्रलोभ देखाएर भारतीय पक्षले आफू निकट बनाउने धेरैको बुझाई छ । नेपालका नेताहरू पनि पदमा पुर्‍याइदिन्छु भनेपछि भारत परस्त भएर भरतको योजना अनुसार चल्ने आम सर्वसाधारणको बुझाई छ ।

नेपाल र नेपालीको हित हुने काम गर्ने हो भने भारतीय दबदबाबाट सबै भन्दा पहिला बाहिर निस्किनु पर्ने राजनीतिक मामिलाका जानकारहरू बताउँछन् । नेपाल सानो मुलुक भएको हिसाबले भारतले प्रभावमा राख्न खोज्नु स्वभाबिक भए पनि हाम्रै देशका नेताहरू भारत को चाकडीतिर लाग्नाले भारतीयले नेपाल माथि दबदबा गर्न खोजेको आम सर्वसाधारणको बुझाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा