शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डा. भट्टराई भन्छन् : ओली सरकारले देशलाई विश्वकै पिछडिएको बनाउँछ


  • बुधबार, असार १८ २०७६
29.3K
SHARES

फाइल तस्विर

समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी नेकपाको वर्तमान सरकारले देशलाई विश्वकै पिछडिएको राज्य बनाउने दावी गरेका छन् ।

वर्तमान सरकार र ठूला दलहरुबिरुद्ध कडा रुपले प्रस्तुत भएका उनले केपी ओली नेतृत्व सरकारको सम्मृद्धि र विकासको नारा नारामै सीमित रहने उद्घोष समेत गरे ।

संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीको गण्डकी प्रदेश समिति समायोजन घोषणा सभामा मंगलबार बोल्दै उनले भने, ‘दुई तिहाईको नाउँमा उनीहरुले लुटतन्त्र मच्चाएका छन्, मन्त्री तथा नेता कमाउ धन्दामा लागेका छन्।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कमाउ धन्दामा लागेकाहरुलाई कुनै कारवाही नभएको र भ्रष्टाचार गर्न छुट दिएको बताउँदै अगाडि भने,‘ अनियमितता नियन्त्रण गर्ने संस्थालाई समेत उनीहरुले आफ्नो नियन्त्रणमा लिएका छन्।’

नश्लीय चिन्तन भएका नेपाली कांग्रेस र नेकपाजस्ता पार्टीले हिमाल, पहाड र तराईका उत्पीडित र पछि पारिएको वर्गलाई समेटेर लान नसकेको बताउँदै उनले विकल्पमा समाजवादी पार्टी स्थापना भएको दावी पनि गरे। उनले पहिचानको मुद्धामा टेकेर पार्टी अगाडि बढ्ने दोहोर्‍याए । नेता भट्टराइले आफ्नो पार्टी दिगो शान्ति, सुशासन, समृद्धि र समाजवादको बाटोबाट अगाडि बढ्ने जानकारी दिए ।

‘पहिचानमा आधारित संघीयतालाई मूल आधार बनाएर अगाडि बढ्ने बढ्ने सोचका साथ हिमाल, पहाड र तराईका आम जनतालाई समेटिनेछ’, उनले भने, ‘पुराना पार्टीबाट विकास र समृद्धि सम्भव छैन, उनीहरु पुरानो सोचबाट अगाडि वढेका छन्।’

उनले आउँदो चुनावमा समाजवादी पार्टीले ठूलै धक्का दिने बताउँदै विचार मिल्ने अन्य पार्टीहरुसँग समेत एकता गरिने बताए। सो अवसरमा भट्टराईले समाजवादी पार्टी नेपाल प्रदेश नं ४ गण्डकी समितिका अध्यक्ष मोती रिजालको अध्यक्षतामा गठित ५३ सदस्यीय समितिका पदाधिकारीलाई पार्टीको सपथ खुवाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा