राजनीति बडो अचम्मको हुन्छ । सबै भन्दा धेरै दुस्मन देखिने हरू सबैभन्दा नजिक र सबैभन्दा नजिक देखिने हरू सबैभन्दा दुस्मन राता रात हुन पुग्छन् ।
वर्तमान एमालेबाट फुटेर बनेको समाजवादी दलका अध्यक्ष माधव कुमार नेपाल एमालेमै रहँदा नेपालको खेमामा रहेर एमाले अध्यक्ष केपी ओली र उनका नजिकका नेत हरुलाइृ धारे हात लाउने एमाले उपाध्यक्ष भिम रावलको भूमिका अहिले फेरिएको छ ।
हुन त भिम रावल पहिले पनि नेता गोकुल बास्कोटा भन्दा सिनियर लिडर हुन । तर ओली निकट मानिने बास्कोटा र माधव नेपाल मानिने रावल बिच भाषणको दोहोरी चलेको बिभिन्न मिडियामा सुन्न र हेर्न पाईन्थ्यो । एकले अर्को पक्षलाई होच्याउने सम्मका भनाईहरु सार्बजनिक हुने गर्थे ।
माधव नेपाल एमालेमै रहँदा भिम रावल अध्यक्ष ओली र नेता गोकुल बास्कोटा विरुद्ध खनिने गर्थे तर माधव नेपालले पार्टी अलग गरेर गएपछि रावल एमालेमै अडिए र एमालेको पार्टी उपाध्यक्षको हैसियतमा छन् ।
यसैबिच आम सर्बसाधारणहरुमा प्रश्न उठ्न सक्छ बिगतमा एकले अर्कोको विरोधमा उत्रने ओली निकट मानिने बास्कोटाले अब रावललाई नेता मान्लान् त ?
एक राजनितिका जानकार भन्छन् राजनीतिमा शत्रु र मित्र भन्ने नै हुँदैन । त्यसैले छिनमै नजिक हुने र टाढा हुने भई रहने हुँदा एकले अर्कालाई नेता मान्ने र नमान्ने कुरानै गौण हो ।
तर एकै पार्टीमा रहेका उपाध्यक्ष रावल र नेता बास्कोटाको सम्बन्ध कस्तो हुने हो भन्ने विषय बडो चासोका साथ जनताले हेरेका छन् । बास्कोटा भन्दा रावल सिनियर लिडर तथा एमाले उपाध्यक्ष समेत हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।