शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ, समस्या छैन : कुलमान


  • मंगलबार, कार्तिक १६ २०७८
10.5K
SHARES

कुलमान घिसिङ / तस्विरः फाइल

नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा समस्या नहुने जनाएको छ ।

विगतमा लोडसेडिङ हुँदाताका दसैँ, तिहार र छठसम्म विद्युत्को माग उच्च हुने भए पनि अहिले यो समयमा भन्दा अरू समयमा नै विद्युत्को माग उच्च हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो वर्ष भदौमा एक हजार ६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम एक हजार ५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताए । अहिले दुई हजार मेगावाटभन्दा बढी जडित क्षमता रहेकोमा ‘अपरेसन’मा करिब एक हजार ६०० मेगावाट मात्र रहेको उनले जानकारी दिए ।

यो वर्ष अहिलेसम्म कुलेखाली चलाउनु नपरेको अवस्थामा पनि दिउँसो करिब २०० र राति करिब ५०० मेगावाट सरप्लस रहेको उनले बताए ।

“तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था आउँदैन । जति उपकरण चलाए पनि समस्या हुँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा