शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश प्रकरणमा काङ्ग्रेस फुट्यो


  • मंगलबार, कार्तिक १६ २०७८
11.6K
SHARES

प्रधानन्यायाधीशको प्रकरणमा काङ्ग्रेस दुई भागमा विभाजित भएको  छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामाको विपक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानन्यायाधीश राणाले तत्कालै राजीनामा दिनु पर्ने बताएका छन् ।

काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले मङ्गलवार बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले जति सक्दो चाँडो प्रधानन्यायाधीश राणाले राजीनामा दिनु नै उपयुक्त हुने धारणा ब्यक्त गरेका छन् ।

अर्को तर्फ काँग्रेस सभापति देउवा कुनै पनि कस्टमा प्रधानन्यायाधीशलाई नहटाउने पक्षमा रहेको स्रोत बताउँछ । पछिल्लो चरण प्रधानन्यायाधीश राणा मन्त्रीको भागबन्डा खोजेको आरोपमा विवादमा तानिएका छन् ।

नेता पौडेलले राजिनामा नै उपयुक्त बहिर्गमन र सम्मानजनक बहिर्गमन हुने बताए सँगै काँग्रेस भित्र प्रधानन्यायाधीश प्रकरणमा दुई खेमामा विभाजित हुन पुगेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा