शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

प्रचण्डलाई हिजो हामीले जिताइदिएको हो, भोलि कसले बोक्ला भनेर अहिले खोज्दै हिँड्नु परेको छ : ओली


  • मंगलबार, कार्तिक १६ २०७८
7.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई हिजो एमालेले जिताइदिएको अबका दिनमा कसले बोक्छ भनेर खोज्दै हिड्नु परेको आरोप लागाएका छन् ।

चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले एमाले सिध्याए भनेर दंग नपर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिए । ‘हामीले जिताइदिएको हो, भोलि कसले बोकिदेला भनेर हिड्न परेको छ’ ओलीले भने, ‘माधव नेपालको हालत पनि उस्तै छ ।’

एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओली माडीको अयोध्यापुरी गएका छन् । भगवान रामको जन्म माडीमा भएको बताउँदै आएका ओलीले त्यहाँ आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा