एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताएका छन् ।
एकपछि अर्को प्रदेश सरकार ढलेर हाल एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको बारेमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र गरेर सरकार हटाएको बताए ।
उनले एमाले नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनको सरकारले गरेको कामको फरक छुट्याउन जनतालाई सहज हुने प्रतिक्रिया दिए । चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सबै दल मिलेर ५२ प्रतिशत पुर्याएर प्रदेशमा सरकार बनाएको तर आफ्नो दल एक्लै ४८ प्रतिशत रहेको दावी गरे ।
उनले आगामी निर्वाचनमा दुई प्रतिशत मत बढाएर एकल बहुमत ल्याउने बताए । बढीमा १३ महिनाभित्र देशमा चुनाव गरिसक्नुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले पाँच दलीय गठवन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।