शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख रुपैया ?


  • बुधबार, असार १८ २०७६
26.3K
SHARES

काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।

मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने माहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको छ ।

गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो । हत्याको मुख्य कारण मृतककी कान्छी छोरी ईश्वरी र २३ वर्षिय अविवाहित मोहम्मद नौसादबीच कायम विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्याको घटनासँगै परिवार सदस्यले घरबाट २२ लाख हराएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो ।

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसँग इश्वरी र श्रीमानले घर बनाउन १२ लाख सापटी लिएका थिए । दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमानले सहकारीबाट १६ लाख ऋण लिएका थिए । हाल उक्त रकम हराइरहेको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा