नेकपा एमालेका नेता रामबहादुर थापा बादलले वर्तमान सत्ता गठबन्धन बुर्जुवाहरुको गठबन्धन भएको आरोप लगाएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको मित्रशक्ति बनेर दक्षिणपन्थी प्रवृत्तिको प्रतिनिधि बनेको आरोप लगाए ।
सोमबार एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता बादलले अदालतको परमादेश मार्फत बुर्जुवाहरुको गठबन्धनमा कम्युनिस्ट नामका दक्षिणपन्थीहरू एकाकार भएको टिप्पणी गरे ।
उनले एमालेले अहिले देखिएको चुनौतीको सामना गरेर छाड्ने बताए । देशको राष्ट्रिय एकता, स्थायित्व र विकास एमालेबाट मात्रै सम्भव भएको बादलले दाबी गरे । नेपालको माक्र्सवाद भनेको जनताको बहुदलीय जनवाद मात्रै भएको उनको जिकिर छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।