शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रदेश १ का मुख्यमन्त्री आचार्यबाट राजीनामाको घोषणा


  • सोमबार, कार्तिक १५ २०७८
8K
SHARES

नेकपा एमाले सचिव भीम आचार्य

विश्वासको मत प्राप्त नहुने भएपछि  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् ।

उनले सम्बोधन गर्दै राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा परेको दाबी गरेका छन् । ‘सबै दल एकै ठाउँमा उभिनुको विकल्प छैन, तर सबै एकअर्काको खिचातानीमा परेर संविधान र लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने,’मेरो सरकार गठनदेखिनै अस्थिरताबाट जकेडिएको छ तथापि राम्रो काम गरेको छु ।’

सम्बोधनका क्रममा उनले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको दाबी गरे । जनताले अगाडि बढ भनेकाले राजीनामा नदिई बसको उनले बताए ।

मुख्यमन्त्री आचार्यले जारी प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको घोषणा गरेपछि उक्त कार्यसूची हटाइएको सभामुख प्रदीप कुमार भण्डारीले जानकारी दिए ।

आचार्यले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभा बैठक कात्तिक २३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । गत भदौ १० गते आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा