सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ थाल्ने भएका छन् ।
न्याधीहरूको निर्णयलाई सहयोग गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् ।
एउटा एकल र अर्को संयुक्त गरी बढीमा दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास गठन गरेका हुन् ।
१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले आफ्नै लागि एकल इजलास तोकेका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।