शनिबार, साउन ३० २०८३
ताजा अपडेट

चोलेन्द्रले मागे सम्मानजनक बहिर्गमन, सर्वोच्चमा आज पनि धर्ना


  • सोमबार, कार्तिक १५ २०७८
11.6K
SHARES

फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।

आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरुले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेका थिए । केही दिनदेखि बेञ्च बहिस्कार गर्दै आएका न्यायाधीशहरुले  आइतबार बैठक बसेर प्रधानन्यायाधीशले राजनीनामा दिनैपर्ने निश्कर्ष निकालेका थिए । यसकमा लागि प्रधानन्यायाधीशसँग सम्वाद गर्ने निर्णयसमेत न्यायाधीशहरुको आइतबारको बैठकले गरेको थियो । सो निर्णय अनुसार सोमबार प्रधानन्यायधीशसँग छलफल गर्ने न्यायाधीशहरुले बताएका छन् ।

यसैबीच आइतबार न्यायाधीशहरुको बैठकपछि केही न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग भेट गरेका थिए । त्यसक्रममा प्रधानन्यायाधीशले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) का लागि तयार रहेको सन्देश दिएको न्यायाधीशसमक्ष रिपोर्टिङ भएको स्रोतले बतायो । जबराले तत्काल राजीनामा नदिने तर केही महिनापछि राजीस्नामा दिएर निकास दिने प्रस्ताव अगाडि सारेको न्यायाधीशहरुको बुझाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा