नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आँगनमा वकिलहरूको कुटाकुटले देश असफल भइसकेको र कुनै दिन न्यायाधीश बिचनै कुटाकुट भएको खबर सुन्नुपर्ने अवस्था आएमा कुनै आश्चर्यन नमान्नु पर्ने दिन आउन लागेको बताएका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट युवक सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रवार दाङको घोराहीमा उद्घाटन गर्दै उनले प्रचण्ड बाबुराम र बादलले जनताको मुक्तिका सपना बाँडेर जनयुद्धमा होमिएको बताएका थिए ।
तर अहिले समग्र कम्युनिस्ट आन्दोलन नै पछाडि धकेलिएको अवस्था रहेको बताउँदै कम्युनिस्ट सक्ती एक ठाउँमा आएर जनताको चाहाना पुरा गर्नु पर्ने बताएका छन् । कम्युनिस्टहरू बिग्रिए कम्युनिस्टहरू तहस नहस भए भन्ने आक्रोश जनतामा रहेको छ ।
त्यसलाई मेट्नको लागि नयाँ सिराबाट आफूहरू हिँडेको समेत उनको धारणा थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।