शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डले एमसीसी पास गर्न नदिने अडान लिनुभयो, त्यही झोँकमा ओलीले नेकपा फुटाए : महरा


  • सोमबार, कार्तिक १५ २०७८
12.8K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले एमसीसी आफूहरूले जस्ताको तस्तै पास गर्न नदिने अडान राखेकै कारण एमाले अध्यक्ष केपी ओलीले नेकपा फुटाएको आरोप लाएका छन् ।

उनले भनेका छन्, तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा पार्टीमा अध्यक्ष प्रचण्ड र माधव नेपालले एमसीसी पास हुन नदिने अडान लिएको झोँकमा नेकपा विभाजन हुन पुगेको खुलासा गरेका हुन ।

उनले भनेका छन्, तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा पार्टीमा अध्यक्ष प्रचण्ड र माधव नेपालले एमसीसी पास हुन नदिने अडान लिएको झोँकमा नेकपा विभाजन हुन पुगेको खुलासा गरेका हुन ।

कोहलपुरमा वाइसीएलले गत आइतबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महराले नेकपा विभाजन गरेर भए पनि ओलीले एमसीसी पास गरी छाड्ने रणनीतिमा रहेको तर प्रचण्ड र माधव नेपालका कारण उनको योजना सफल नभएको बताएका छन् ।

प्रवक्ता महराले भने, ‘माओवादी पार्टी जहिले पनि राष्ट्रिय हितमा उभिन्छ, हाम्रो पार्टीले कहिल्यै राष्ट्रघात गर्दैन ।’ नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख महराले एमसीसी पास गर्न नदिएका कारण अगामी निर्वाचनमा माओवादीलाई हराउन चलखेल हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

माओवादी केन्द्रलाई चुनाव हराउन सबैतिरका शक्तिको चलखेल हुनसक्ने प्रवक्ता महराले भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा