शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशसँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा


  • आइतबार, कार्तिक १४ २०७८
8.2K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतका न्यायाधीशहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन् ।

उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको एक न्यायाधीशले जानकारी दिए । आइतबार दिउँसो ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका छन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन् । उनीहरुले झण्डै एक हप्तादेखि मुद्दाको सुनुवाइ पनि गरेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा