शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश प्रकरणमा बाबुरामले मुख खोले !


  • आइतबार, कार्तिक १४ २०७८
6K
SHARES

फाइल तस्विर

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानन्यायाधीश प्रकरणमा मुख खोलेको छन् । उनले सामाजिक संजाल ट्वीटरमा आफ्ना धारणा लेख्दै आफ्नो धारणा राखेका हुन् ।

उनले राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको बताएका छन् ।
लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिड्नुको परिणामको उपजको रुपमा यस घटनालाई लिनसकिने उनले भनेका छन् ।

उनले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतिदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने भन्दै प्रश्न गरेका छन् ।
सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एक पछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो।

त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिंड्नुको दुष्परिणाम हो यो।हामी पनि महादेवले मरेकी सतीदेवीलाई कॅाधमा बोकेर भौंतारिए झैं गर्ने कि बेलैमा सदगत गर्ने ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा