वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र जबरा माथि कडा प्रश्न गरेका छन् ।
उहाँले प्रधानन्यायाधीश जबराले बारको आग्रह नमानेको भन्दै आक्रोशसमेत प्रकट गरेका छन् । आइतबार बारले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बारले राजीनामा माग गरिसकेको अवस्थामा पनि राजिनामा नगर्ने तपाई को हो भन्दै प्रश्नसमेत गरेका थिए ।
उनले सञ्चारकर्मीहरुमाझ भने, ‘नेपाल बारले राजीनामा मागिसक्यो। बारले राजीनामा माग्दासमेत नदिने तपाईं को होरु’
उनले न्यायपालिको संसक्षक नेपाल बार नै भएको पनि दावी गरे । प्रधानन्यायाधीशको व्यक्तित्वको कुरा नगरी आफूहरुले न्यायलयको कुरा गरिरहेको बताउँदै उनले पदमा बसिरहे बारले आन्दोलन गरिरहने बताए ।
न्यायालय जस्तो पवित्र स्थानमा जे गर्नुपर्नें हो त्यो प्रधानन्याधीशबाट नभएको अधिवक्ता थापाले जिकिर गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।