शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आन्दोलन चर्किरहँदा प्रधानन्यायाधीश जबराले तोके १२ इजलास


  • आइतबार, कार्तिक १४ २०७८
11.1K
SHARES

फाईल तस्बिर

राजीनामा मागेर अन्दोलन भईरहेको समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोकेका छन् ।

वकिलहरुको आन्दोलनका बीच प्रधानन्यायाधीश जबराले आइतबार १२ इजलास तोकेका हुन् । जसमा ४ वटा उनी आफूसहितका एकल इजालस रहेका छन् । उक्त इजालसमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएको बताइएको छ ।

प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरू भने इजलासमा बस्ने नबस्नेबारे निर्क्यौल भएको छैन । बार संम्बद्ध वकिलहरु प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् । त्यस्तै सर्वोच्चकै अधिक न्यायाधीशहरु पनि प्रधानन्यायाधीशको विपक्षमा उभिएका छन् ।

मन्त्रिपरिषदमा भाग खोजेको विषयमा प्रधानन्यायाधीशले चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुले राजीनामा माग गरेका छन् । वकिल र न्यायाधीशहरुको आन्दोलनले इजलास नै प्रभावित भएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा