देश विकासमा युवाको नेतृत्व आउनु पर्छ भन्ने धारणा विभिन्न सोसल साइटका माध्यमबाट आउने गर्छ । तर जसरि बिचार आउछ त्यसैगरि हराएर जान्छ । प्राय युवाहरु पाका नेताहरूलाई राजनीतिबाट बिदा गरेर युवाहरुले नेतृत्व समालुन् भन्ने चाहना राख्छन् ।
युवाहरूको सोचाइ पाका नेता हरूलाई सत्ताबाट फुल माला लाएर बिदा गर्ने र युवाहरूले नेतृत्व पाउनु पर्छ भन्ने बिचार छ ।
नेपालमा मुल प्रबाहामा रहेका काँग्रेस एमाले र माओवादीको नेतृत्व सबै ६० वर्ष नाघिसकेको छ । युवाहरूले अहिलेकै अवस्थमा नेतृत्व पाउने स्थिति देखिँदैन । जति कराए पनि पाका नेताहरूले नेतृत्व युवालाई सुम्पने अवस्था देखिँदैन ।
आमा सर्वसाधारण जो गाउँमा कुटो कोदालो गर्छन् उनीहरूको आवाज सुनिँदैन । सरकारको नेतृत्व गर्ने पाका नेताहरूलाई अपुग केही छैन । सबै कुराले भरिपूर्ण भए पछि गाउँका वृद्ध बालबालिकाको आवाज कसले सुन्छ ? कमसेकम उमेर भएका मान्छे नेता भएर आए हामी दुख जिलो गरेर गुजारा चलाउनेको समस्या बुझ्थे कि भन्ने लाग्छ भन्छन् एक सर्वसाधारण ।
पङ्क्तिकार सँग बाटोमा भेटिएका किसानको बडो गज्जबका कुरा थिए । उनी भन्दै थिए प्रचण्ड ,बाबुराम, ओली , देउवा सब बुढा भई सके ७० त काटि सकेहोलान अब यिनले केही गर्दैनन् ।
सबै नेताले ७० काटेका छैनन् भन्ने प्रतिप्रश्नमा उनको जवाफ थियो के-के काम गर्छन् भन्ने त हेरि सकियो उनीहरूले अब केही गर्दैनन् । कमसेकम उमेर भएका केटाहरू नेता भएर आए केही गर्थे कि भन्ने लाग्छ ।
यो एउटा प्रतिनिधि घटना मात्र हो । अहिले आम सर्वसाधारण वर्तमान नेतृत्वबाट पटक्कै खुसी देखिँदैन । चुनावी घोसणणा पत्र अनुसार काम गर्न नसक्नाले सर्वसाधारण माझ मूल प्रवाहमा रहेका पार्टीका नेतृत्वले विश्वास गुमाएका हुन ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भई रहदा पनि जनताले उनलाई समेत बिस्वास गर्न सकेको अबस्था छैन । ७५ बर्ष पुगि सकेका देउवा पुन कांग्रेस पार्टीको सभापति हुने लाईनमा छन् । अझै नेत्रीत्व हस्तान्तरण गर्ने मनसायमा देउवा देखिदैनन ।
नेकपा एमालेको प्रतिनिधित्व गर्दै दुई पटक प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष केपी ओली पनि अझै नेतृत्व हस्तान्तरण गर्ने मनसायमा छैनन् । उमेरले ६९ वर्ष भएका ओली अझै एमालेको अध्यक्ष बन्ने र चुनाव पछि सरकारको नेतृत्व गर्ने दौडमा देखिन्छन् ।
नेपालमा भएको १० वर्ष लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेको तत्कालीन माओवादी पार्टीका नेता प्रचण्ड पनि उमेरले हाराहारी ७० कै लाइनमा छन् तर सक्रिय राजनीतिबाट अझै पछि हट्ने देखिँदैन ।
यसरी हेर्दा मूल प्रवाहमा रहेका मूल नेतृत्वहरू सबै ७० वर्ष हाराहारीका छन् । कोही पनि सत्ता बाट अलग हुने सङ्केत देखिँदैन । यस्तो अबस्थामा युवाहरु नेत्रीत्वमा उदाउने संभावना छैन । यो बिडम्बना हो । स्वयम नेत्रीत्वमा रहेका सिनिएर नेताहरुनै युवाहरुलाई नेत्रीत्व सुम्पने अबस्थामा छैनन् ।