शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मु*** दलाल.. भन्दै नेपाल बार परिसरमै कुस्ती खेल्ने वकिलबाट  जनताले के आस गर्ने ?


  • शनिबार, कार्तिक १३ २०७८
12.9K
SHARES

फाइल तस्विर

कानुन व्यवसायी विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडाललाई नेपाल बार एसोसिएसन परिसरमा मु”” दलाल जस्ता अपशब्द प्रयोग गर्दै चड्कन हानेको भिडियो अहिले भाइरल छ ।

नेपाल बार परिसरमै हानाहान गर्ने कानुनका ज्ञाताहरुको व्यवहार देख्दा अचम्म लाग्दो छ । कानुनका ज्ञाता भनिएका वकिल हरुनै कुटाकुटमा उत्रिँदै गर्दा यस्ता मनपरी बोल्दै लडाइगर्ने वकिलहरूबाट जनताले के आस गर्ने भन्ने प्रश्न खडा भएको छ ।

अधिवक्ता भुमिनन्द चुडालले सुरुमा हात हालेको देखिँदैन तर एका एक विराट न्यौपानेले गेट सम्म अँगालो मार्दै ल्याएर बाहिर निकाल्न खोज्छन् तर चुँडाल बाहिर जान नमाने जस्तो देखिन्छ । यत्तिकैमा न्यौपानेले चड्कन हानेको प्रस्टै देखिन्छ । त्यसपछि प्रतिउत्तर स्वरूप चुडालले लात्ता हान्छन् तर न्यौपानेलाई लाग्दैन ।

बिद्वान भनिएका कानुन व्यवसायी न्यौपाने अराजक पारामा देखिन्छन् । उनले चुडाललाई मु** दलाल जस्ता शब्द प्रयोग गर्छन् । चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए।

प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेको भिडियोमा प्रस्ट देखिन्छ ।

आफूलाई विद्वान भन्ने कानुन सिकाउनेहरू नेपाल बार परिसरमै कुस्ती खेल्न उद्धत हुनुले वकिलहरूको हालत प्रस्ट देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा