कानुन व्यवसायी विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडाललाई नेपाल बार एसोसिएसन परिसरमा कुटेका छन् । मु** दलाल.. जस्ता अपसब्द प्रयोग गर्दै उनले चड्कन हानेका हुन ।
शुक्रबार नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायीहरुबीच हात हालाहाल भएको हो । न्यौपानेले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा चुडाललाई कुटपिट गरेका हुन् ।
अब कनुनी उपचारमा जाने चुडालको भनाइ छ ।उनले भने, ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले, बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।