शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

बौद्धिक भनिएका वकिलहरू नेपाल बारभित्रै कुटाकुट, लाजको पसारो


  • शुक्रबार, कार्तिक १२ २०७८
13.5K
SHARES

फाइल तस्विर

बौद्धिक भनिएका वकिलहरू बारभित्रै कुटाकुट गरेका छन् । शुक्रवार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ।

यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए।

प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्।

परिसर भित्रै दुबैले लाता हानाहान गरेका छन्। न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।
प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै बार कार्यसमिति  बैठक अहिले बसिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा