शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी, आफ्नो एकल इजलास तोकेनन्


  • शुक्रबार, कार्तिक १२ २०७८
8.4K
SHARES

फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोके ।

प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा तथा चोलेन्द्रशमशेर जबरा र डा.कुमार चुडालको संयुक्त इजलास गठन गरेका छन् ।

एकल इजलासमा डा. आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकेका छन् ।  बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दाको पेसी तोकेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने पूर्व न्यायाधीश भैरव लम्सालको निधनका कारण इजलासमै बसेनन् ।

शुक्रबारका लागि पनि आफ्नो एकल इजलास तोकेर सुनुवाई गर्ने आशंकालाई चिर्दै प्रधानन्यायाधीशले आफूलाई संयुक्त इजलासमा राखे । तर न्यायाधीशहरूले शुक्रबारका लागि पनि आन्तरिक छलफल राखेका कारण एकल वा संयुक्त इजलास बस्ने सम्भावना ज्यादै कम छ ।

इजलास बहिष्कार गर्नकै लागि न्यायाधीशहरूले बिहान साढे ११ बजेका लागि आन्तरिक छलफलको समय छुट्याएका छन् । जसका कारण शुक्रबार पनि इजलास बस्ने सम्भावना ज्यादै न्यून छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा