प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा अहिले विवादमा छन् । सर्वोच्च अदालतकै न्यायाधीशहरुदेखि बार र पूर्वप्रधानन्यायाधीशहरुले समेत राजीनामा मागेका बेलामा उनले प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम मार्फत पाँच जनाले राजीनामा माग्दैमा राजीनामा दिएर मैले न्यायपालिकालाई अनाथ बनाउन मिल्दैन भन्ने अभिब्यक्ति दिएका छन् ।
उनले भनेका छन् म संवैधानिक प्रक्रिया अनुसार नियुक्त भएर आएको पदाधिकारी हुँ । म जानुपर्छ भनेर कसैले भन्छन् भने ती संवैधानिक आधार र कारण हुनुपर्छ ।
त्यो सम्प्रभु सम्पन्न संसदमा गएर उजुरी गर्न सक्नुहुन्छ । सवैधानिक प्रक्रियाबाट, संसदीय विधी र प्रक्रियाबाट उठेका प्रश्नलाई सामना गर्न म तयार छु । निरर्थक र असत्य कुराहरुमा म कहिले पनि साथ दिन्नँ । मेरो नेतृत्वको न्यायपालिकालाई कमजोर बनाएर जाने पक्षमा म छैन ।
प्रधानन्यायाधीश राणाले आफू तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने बताउँदै पाँच जानाले राजीनामा दिनु पर्यो भन्दैमा आफूले राजीनामा दिएर सिङ्गो न्यायपालिका लाई अनाथ बनाएर नहिँड्ने समेत बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।