सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार मध्यराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेको हो। आज बसेको प्रतिनिधि सभा कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरूद्ध गर्दै आएको छ।
पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले प्रतिनिधि सभा बैठक अवरूद्ध गर्दै आएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।