शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हिजो अष्टलक्ष्मीको सुझावमा प्रदेश सभा उम्मेदवार, आज अष्टलक्ष्मीलाई हटाएर मुख्यमन्त्री


  • बिहिबार, कार्तिक ११ २०७८
9.3K
SHARES

फाइल तस्विर

राजनीति बडो विचित्र को छ । हिजो अष्टलक्ष्मीको सुझावमा प्रदेश सभा उम्मेदवार बनेका  राजेन्द्र पाण्डे आज अष्टलक्ष्मीलाई हटाएर मुख्यमन्त्री बनेका छन् ।

२०७४ को निर्वाचनमा राजेन्द्र पाण्डेलाई प्रदेश सभाको उम्मेदवार बन्ने इच्छा थिएन। नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा पाण्डेलाई प्रदेश सभाको चुनाव लड्न सुझाएकी थिइन्।

२०७४ यता राष्ट्रिय राजनीतिमा अनेक उतारचढाव आयो। त्यही उचारचढावका कारण आज पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन्।

एमाले-माओवादी गठबन्धन, नेकपाको गठन, नेकपा विभाजन अनि एमाले विभाजनसम्म आइपुग्दा पाण्डेको मुख्यमन्त्री बन्ने पालो आएको छ, त्यो पनि आफूलाई प्रदेशमा सभामा चुनाव लड्न सुझाउने शाक्यलाई हटाएर।

एमालेमा रहँदा लामो समयसम्म शाक्य र पाण्डे एउटै गुटमा थिए। एमाले विभाजनको सम्मुखमा मात्रै शाक्य एमालेमै रहने निर्णमा पुगिन् भने पाण्डेले नेकपा (एकीकृत समाजवादी) रोजे।

संसदीय राजनीतिमा पाण्डे अनुभवी नेता हुन्। २०४३ सालयता ९ पटक निर्वाचनमा उम्मेदवार बनेका पाण्डे ७ पटक विजयी भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा