
मानिस जीवजन्तु सबैलाई वासस्थानको खाँचो पर्छ तर वासस्थान नै संकट परेपछि स्वाभाविकै हो अस्तित्व संकटमा पर्छ । पाल्पाको हकमा पनि यस्तै भएको छ । गौथली र चमेराको वासस्थानमा मानव अतिक्रमण बढेपछि यसको अस्तित्वमा संकट आउन थालेको हो ।
मुखको चुच्चोमा माटो बोकेर घरका दलिन र कापहरुमा गुँड बनाउने र चिरबिर चिरबिर आवाज निकालेर मनलाई पुलकित बनाउने गौंथली आजभोलि बिरलै देखिन्छन् । पुराना घरहरु काठद्वारा बनाइने र गुँड बनाउन मिल्ने भए पनि आजभोलि सिमेन्टको चलन बढेकाले यसको अस्तित्व संकटमा परेको हो ।
केही वर्ष पहिलेसम्म रुखभरि झुन्डका झुन्ड देखिने स्तनधारी पक्षी चमेरो पनि यहाँ आजभोलि बिरलै देखिन थालको छ । मानव अतिक्रमण र वाससथनमा संकट देखिएपछि चमेरा संकटमा परेको हो ।
पाल्पा सदरमुकाम तानसेनको अमरनारायण फूलबारी, मदनपोखराको दमकडा, अर्गलीको देउराली क्षेत्र, राम्दी, रामपुरलगायतका ठाउँमा रहेका ठूलाठूला रुखमा यो पंक्षीले आश्रय लिने गरेकोमा रुख कटानी, मानव अतिक्रमण र बिजुलीका कारण करेन्ट लागेर मर्न थालेपछि यसको अस्तित्वमा संकट आएको जानकारवाला बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा कविराज नेपालले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।