शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

चोलेन्द्र र देउवा एउटै ड्याङका मूला भएको चित्रबहादुरको ठोकुवा !


  • बिहिबार, कार्तिक ११ २०७८
8.7K
SHARES

फाइल तस्विर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यपालिका र न्यायपालिका मिलेर भाग खाने र दिने भन्ने लोकतन्त्रमा कल्पना गर्न नसकिने कुरा भएको तर नेपालमा त्यस्तै भइरहेको समाचार बाहिरिएका छन् ।

प्रधानन्यायाधीश प्रकरणलाई लिएर एक अनलाईन पत्रीका ओटीभी नेपालको अन्तरवार्ताको क्रममा उनले यस्तो बताएका थिए । उनले अहिलेको प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्लद्र शमशेर जबरा बराबरी दोषी भएको बताए थिए ।

कार्यपालिकाले न्यायपालिका प्रमुखलाई भाग लाउने भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा रहेको बताउँदै अफ्नु पार्टीले यस्तो काम गर्न नसक्ने उनको आशय थियो ।

केसीले केपी ओलीले गरेको संसद् विघटनको विरुद्धमा मात्रै देउवा प्रचण्डलाई साथ दिएको तर यस्तो फोहोरी खेलमा आफू र आफ्नो पार्टी नभएको उनको भनाई थियो ।

ओलीले संसद् विघटन गरेकोले आफू त्यसका विरुद्ध उत्रिएको बताएका केसीले अलोकतान्त्रिक घिनलाग्दा खेलमा आफ्नू पार्टी नरहेको उनको भनाई थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा