शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तिन करोड जनता खुसी हुने गरी देउवा सरकारले दियो ठुलो उपहार…


  • बिहिबार, कार्तिक ११ २०७८
8.9K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि उपहाल स्वरुप २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई निःशुल्क हुने घोषणा गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क हुने घोषणा गरिन् ।
यसअघि २० युनिटसम्म बिजुली निःशुल्क हुने योजना बजेटमा ल्याइएको थियो । त्यो प्रावधान कार्यान्वयन मंसिर १ गतेदेखि हुने भएको छ ।

आज मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाइमा घटेको महशुल लागू हुने समेत बताइन् ।

मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् । ‘आजसम्म नेपालीलाई चाहिने जलविद्युत्को पर्याप्त उत्पादन गरिसकेको छ,’ उनले भनिन्, ‘अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको छ ।’

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनले सहयोग गर्ने बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा