जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्यो भनेर मुलुकका विभिन्न ठाउँबाट फोन आइरहेको र यसमा आफू र आफ्नो पार्टीलाई गर्व रहेको बताएका छन् ।
राउतले आफूहरूले हिंसात्मक गतिविधि नगरेको समेत बताएका छन् । उनले राज्यले आफ्ना मान्छेहरुलाई अन्याय गर्दा समेत अफु हरुले त्यसको बदला फुल दिएको समेत बताएका छन् ।
उनले भने राज्यले हाम्रो मान्छेलाई समातेर हिरासतभित्र हत्या गरेको हो । हामीले त बदलामा फूल दिएका थियौँ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले जनकपुरमा खानेपानीका प्रमुखमाथि जनकारबाही गरेको स्पष्ट पारेका छन् ।
आफूहरूले कानुन हातमा नलिएको उनको भनाई छ । उनले अहिले आफूलाई हिमाल र पहाडबाट यता पनि आउनुपर्यो र भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ भनेर फोन आएको सुनाए ।
उनले आफूहरू न्यायको पक्षमा उभिँदै आएको स्मरण गराए । जनकपुरमा जागेश्वर कुशवाहले करोडौँ करोड भ्रष्टाचार गरेको उनको दाबी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।