काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि दुःखद खबर प्राप्त भएको छ । अर्ली इलेक्सन गर्न पर्ने भन्दै जोडतोडले लागेका अध्यक्ष ओलीलाई निर्वाचन आयोगल झट्का दिएको छ ।
आयोगका पदाधिकारीले तीनै तहको चुनाव एकै पटक गर्न नमिल्ने बताएपछि ओलीलाई झट्का लागेको हो ।
संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा चर्चा भइरहेका वेला आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एकैचोटी निर्वाचन गर्न कानुनले रोकेको बताएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा बालुवाटार पुगेका पदाधिकारीले कानून अनुसार एकै पटक चुनाव गर्न नमिल्ने धारणा राखेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
आयोगका पदाधिकारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “तीन तहको चुनाव एकै पटक गर्दा खर्च कम हुने, मतदाताले पटक पटक भोट खसाल्नु नपर्ने जस्ता फाइदा छन्। तर, कानून अनुसार एकै पटक चुनाव गर्न सम्भव छैन।”
आयोगले स्थानीय चुनाव आगामी ५ चैतभित्र गर्न सुझाव दिएको छ। २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ मा सकिंदै छ।
त्यस्तै, आउँदो फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० सांसदको स्थानमा चुनाव गर्ने विषयमा पनि आयोगले प्रधानमन्त्री देउवासँग परामर्श गरेको छ।
त्यस्तै रिक्त रहेका प्रतिनिधिसभा सदस्यहरुको उपनिर्वाचन पनि छिट्टै गर्न पर्ने आयोगले सुभाव दिएको छ । त्यसका लागि सरकारलाई छिट्टै उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको छ ।
यो उपनिर्वाचनमा गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका छन् । त्यासो हुँदा एमालेलाई ठूलो धक्का लाग्ने छ ।