शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

केपी ओलीमा शासकको जस्तो घमन्ड र दम्भ बढी भयो !


  • बिहिबार, कार्तिक ११ २०७८
8.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओली लाई पार्टीमा आफूलाई सबैले महाराजा मान्नु पर्छ भन्ने शासकको लाइनमा हिँड्न खोजेको आरोप लाग्न सुरु भएको छ ।

सर्वसाधारणले केपी ओलीमा शासकको जस्तो घमन्ड र दम्भ बढी भएको भन्न थालेका छन् ।

नेपाली जनताले झन्डै दुइ तिहाईको नजिक पुर्‍याएर प्रधानमन्त्री बनाएका ओली आफ्नै अहङ्कार र घमन्डका कारण पतन भएको विश्लेषकहरू समेत बताउने गर्छन् ।
एमाले बाट फुटेर एकीकृत समाजबादी नामको नयाँ दल बनाएका पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल को कुरा पत्याउने हो भने ओली एक नम्बरका गफाडी र तानासाही बन्न खोजेको आरोप लगाउने गर्छन् ।

सत्ताबाट निस्किएर प्रतिपक्षदलको नेता बन्दा समेत ओलीको अहङ्कार नघटेको राजनीतिका जानकारहरू बताउने गर्छन् ।

अहिले एमाले पार्टी महाधिवेशनमा लागिरहेको बेला राजनीतिका जानकारहरू पनि केपी ओलीमा अहङ्कार देखिन थालेको र पार्टीमा सबैभन्दा शक्तिशाली आफू मात्रै हुनुपर्ने लाइनमा देखिन थालेको बताउन थालेका छन् ।

राजनीतिक विश्लेषक नारायण ढकालका अनुसार एमाले अधिवेशनमा लोकतान्त्रिक अभ्यास नभएको टिप्पणी गर्छन् । तत्कालीन महासचिव मदन भण्डारीको अभ्यास एमाले अध्यक्ष ओलीलाई मन नपरेको उनको विश्लेषण छ ।

मदन भण्डारीले महासचिव भएर पार्टीको नेतृत्व गरेको बेला प्रजातान्त्रिक अभ्यास होस् भनेर तलैदेखि छलफल गर्ने, आफूलाई मन परेको व्यक्तिलाई मत दिएर नेतृत्व चयन गर्ने वातावरण बनाएका थिए । ढकालको विश्लेषण छ, “तर त्यो कुरा अध्यक्ष ओलीलाई मन परेन । पार्टीभित्र फरक किसिमको विचार राख्नेहरुलाई हटाउँदै जाने लाइनमा ओली देखिन्छ । त्यही मान्यता अधिवेशनमा देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा