शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधव नेपाल एक्सनमा, आफ्ना मन्त्रीहरुलाई दिए १० बुँदे निर्देशन !


  • बुधबार, कार्तिक १० २०७८
9.8K
SHARES

फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिएका छन्।

बुधबार अन्तर पार्टी निर्देशनमार्फत् उनले आफ्ना पार्टीका मन्त्रीलाई उक्त निर्देशन दिएका हुन्। समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री भएका छन्।

सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न सकियोस् भन्ने उद्धेश्यले पार्टीको तर्फबाट संघीय सरकारमा सहभागी मन्त्रीलाई पार्टी अध्यक्षले निम्न निर्देशन दिएका छन्।

निर्देशन प्रदेश सरकारका मन्त्रीहरूले पनि पालन गर्नुपर्ने पार्टीले जनाएको छ।
१.    इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्न ।
२.    राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न ।
३.    निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन ।
४.    योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन ।
५.    विवादमा पर्ने कुनै पनि काम नगर्न ।
६.    स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न ।
७.    पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न ।
८.    सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूबाट नियमित रूपमा राय परामर्श लिन ।
९.    नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटोछरितो ढंगले काम गर्न ।
१०. पाँच दलीय गठबन्धनको भावना अनुरूप अन्य दलहरूसँग सहकार्य गर्न ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा